(Friday 23rd of October 2026)
`

लुम्बिनी च्याम्पियन हुँदै सगरमाथा स्कूल नेपालगन्ज र गण्डकीको गुरुकुल उपाधिको दौडमा

  • सगरमाथा गन्तब्य
  • 3.2K
    SHARES

    नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८ फुटबल प्रतियोगिताको प्रदेशस्तरीय हुदै केन्द्रिय स्तरका लागि फाइनल खेल भोलि (मंगलवार) नेपालगन्ज रंगशालामा हुँदैछ । फाइनलमा नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज र गण्डकीको गुरुकुल विद्या सदन आमनेसामने हुने भएका छन् ।
    फाइनल खेलका लागि भोली असोज २२ गते साढे ३ बजे नेपालगन्ज रंगशालामा प्रतियोगिता हुने छ । प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली केन्द्रिय उपाधिका लागि मैदानमा उत्रने भएका छन् ।
    नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले प्रतियोगिताको क्रममा बाँके जिल्लाका ३२ वटा टोलीलाई पछि पार्दै जिल्ला प्रथम बन्न सफल भएको थियो । जिल्ला तहमा उत्कृष्ट प्रदर्शन गरेको सगरमाथा स्कूलले त्यसपछि लुम्बिनी प्रदेशस्तरीय चरणमा दाङमा भएको खेलमा मेचीकाली सेकेण्डरी स्कुललाई पराजित गर्दै प्रदेश स्तरिय विजेता भएको थियो । लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको सगरमाथा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । बाँके जिल्लाबाट प्रदेशस्तरीय प्रतियोगितामा प्रतिनिधित्व गर्दै फाइनलसम्म पुगेकाले सगरमाथाको खेललाई नेपालगन्जका फुटबलप्रेमीले समेत विशेष चासोका साथ हेरेका छन् । अर्कोतर्फ गुरुकुल विद्या सदन, गण्डकी पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा पुगेको टोली हो । दुवै टोलीमा १८ वर्षमुनिका प्रतिभाशाली खेलाडीहरूको सहभागिता रहेकाले फाइनल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका एमडी कौशलराज पाण्डेयले जानकारी गराउनुभयो ।


    बाँकेका ३२ टोलीलाई पछि पारेर जिल्ला च्याम्पियन बनेको सगरमाथा स्कूल प्रदेश च्याम्पियन हुदै केन्द्रिय च्याम्पियनको यात्रामा पुगेको छ । घरेलु मैदान नेपालगन्ज रंगशालामा समर्थकको साथ पाउने भएकाले सगरमाथा स्कूलका खेलाडी उत्साहित देखिन्छन एमडी पाण्डेयले भन्नुभयो । फुटबलको विकाससँगै युवा प्रतिभालाई राष्ट्रिय स्तरमा अघि बढाउने उद्देश्यले आयोजना भइरहेको अण्डर–१८ प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ ।
    भोलिको फाइनल खेलले लुम्बिनी प्रदेशको अण्डर–१८ फुटबलमा नयाँ च्याम्पियनको लागि गण्डकी र लुम्बिनी विच हुने छ भने पर्सि विहीवार सुदुरपश्चिम र गण्डकी विच प्रतिस्पर्धा हुने छ । विजेता टिम विच पुनः फाइनल खेलका लागि प्रतिस्पर्धा हुनेछ । ३ टिम विच हुने प्रतिस्पर्धाका विजयी टिमले काठमाण्डौमा केन्द्रिय स्तरको खेल खेल्न पाउने छ । नेपालगन्ज रंगशालामा हुने फाइनल खेलमा सगरमाथाले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि आफ्नो नाममा लेखाउन सक्ला वा गुरुकुलले बाजी मार्ला भन्ने विषयले अहिले फुटबलप्रेमीको ध्यान तान्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology