(Friday 23rd of October 2026)
`

कोहलपुरमा ‘ममता बुटिक’ सञ्चालनमा, सुपथ मूल्यमा गुणस्तरीय सिलाई सेवा दिने प्रतिबद्धता

  • ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिन केन्द्रिय सचिव परियारको आग्रह
  • सगरमाथा गन्तब्य
  • 2.9K
    SHARES

    कोहलपुर, १२ असोज । बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाहमा ‘ममता बुटिक’ सञ्चालनमा आएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सचिव रुपलाल परियारले रिबन काटेर बुटिकको औपचारिक उद्घाटन गर्नुभएको हो ।
    उद्घाटन कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सचिव परियारले ग्राहकको मन जित्ने गरी सेवा प्रवाह गर्दै बुटिकलाई सफल व्यवसायका रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले ग्राहकलाई व्यवसायको महत्वपूर्ण आधारका रूपमा लिँदै उनीहरूको सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने बताउनुभयो ।
    “ग्राहक नै भगवान हुन्, उनीहरूको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो,” उहाँले भन्नुभयो । नयाँ जोस र उत्साहका साथ व्यवसायलाई थप ऊर्जावान बनाएर अगाडि बढाउँदै निर्धारित लक्ष्य हासिल गर्न सफल हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
    ममता बुटिककी सञ्चालिका गीता छिनालले ग्राहकको चाहना र आवश्यकतालाई ध्यानमा राखेर सुपथ मूल्यमा गुणस्तरीय सिलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकपटक सेवा गर्ने अवसर पाए ग्राहकको सन्तुष्टिलाई कुनै पनि अवस्थामा खेर जान नदिने उहाँले बताउनुभयो ।


    ममता बुटिकमा लेहंगा, ब्लाउज, सुट, स्कुल ड्रेस तथा थारु पहिरनका कपडासहित विभिन्न प्रकारका लेडिज पहिरन सिलाइने सञ्चालिका छिनालले जानकारी दिनुभयो । ग्राहकको रोजाइ, डिजाइन र आवश्यकताअनुसार कपडा सिलाइ तथा डिजाइनिङको सुविधा उपलब्ध गराइने उहाँको भनाइ छ ।


    बुटिक उद्घाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष टोपबहादुर परियार, जिल्ला कोषाध्यक्ष दामोदर परियार, पूर्व जिल्ला अध्यक्ष कल्पना पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ व्यवसायले स्थानीय स्तरमै विभिन्न प्रकारका महिला पहिरन तथा सिलाई सेवाको सहज पहुँच बढाउने विश्वास व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology